मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

   २४ भाद्र २०७८, बिहीबार ११:०९  

२४ भदौँ, रौतहट । सिरहामा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

जिल्लाको धनगढीमाई नगरपालिका–७, हनुमानचोकमा मोटरसाइकल दुर्घटना हुँदा सुखीपुर नगरपालिका–९ बस्ने २० वर्षीय श्रवणकुमार महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स५प २४ ०४ नम्बरको मोटरसाइकल बुधबार गएराति करिब ११ः४५ बजेतिर दुर्घटना हुँदा महतो गम्भीर घाइते भएका थिए । भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिए ।

मोटरसाइकल अचानक अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएको एक जनाको कसहा हेल्थ केयरमा उपचार भइरहेको छ ।