आज थप १ हजार ६४० जनामा कोरोना पुष्टि, २ हजार १६१ जना संक्रमणमुक्त
२३ भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १३ हजार ४ सय ५५ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ हजार ६ सय ४० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, बितेको २४ घण्टामा थप २ हजार १ सय ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण यो अवधिमा थव १० जनाले ज्यान गुमाएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये काठमाडौँ उपत्याकामा मात्रै ५ सय ६८ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३ सय ४९, ललितपुरमा १ सय ५० र भक्तपुरमा ६९ जनामा संक्रमण देखिएको छ ।