अवैध रकमसहित एक भारतीय पक्राउ

   २३ भाद्र २०७८, बुधबार १३:२४  

२३ भदौँ, रौतहट । अवैध रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

भारत पश्चिम बंगाल हाउडा घर भएका १९ वर्षीय शोविक आदकलाई चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट आज स्रोत नखुलेको ११ लाखसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले धादिङबाट काठमाडौँतर्फ जादैँ गरेको बा ४ ख ४४५० नम्बरको बसलाई रोकी चेक जाँच गर्ने क्रममा निजले बोकेको झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले बताए ।

स्रोत नखुलेको नगदसहित पक्राउ परेका आदकमाथि यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।