प्रधानमन्त्री देउवाका छोरा राजनीतिमा
२३ भदौँ, रौतहट । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा राजनीतिमा आएका छन् ।
देउवाका २६ वर्षीय छोरा गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ को वडा कमिटीको सिफारिसमा पार्टीको सदस्यता पाएका हुन् ।
काँग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष चेतराज पनेरुले कुल १ सय ८० जना मध्ये ९६ जना नयाँ सदस्य थपिएको मध्ये देउवाको छोरा जयवीरसिंह समेत रहेका छन् ।
जयवीरसिंहले बेलायतको युनिभर्सिटी अफ न्यूयोर्कबाट राजनीति शास्त्रमा एमए गरेर आएको विशष लिएर उनको सदस्यतालाई चासोका साथ देखिएको छ ।