सेवाग्राहीसँग घुस लिएको आरोपमा धनुषाका नासु पक्राउ
२३ भदौँ, रौतहट । सेवाग्राहीसँग लिएको घुससहित धनुषाका नासु पक्राउ पक्राउ परेका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाका नायब सुब्बा उमेश चौधरीलाई घुसको ८ हजार रुपैयाँसहित मंगलबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले नियन्त्रणमा लिएको हो ।
नागरिकताको प्रतिलिपिमा उमेर सच्याइदिने नाममा जनकपुरधामको क्याम्पस चोकस्थित एक होटलमा सेवाग्राहीसंग घुस लिरहेको अवस्थामा नै चौधरीलाई हिरासतमा लिएको अख्तियारले जानकारी दिए ।
पक्राउ परेका चौधरीमाथि यसबारे थप अनुसन्धान भइरहेको अख्तियार आयोगले जनाएको छ ।






