नेपालमा थप १ हजार ६७७ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु
२२ भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ११ हजार १ सय ११ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ हजार ४ सय २३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, ३ हजार ९ सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा जम्मा २ सय ५४ जनामा एन्टिजेन संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी, बितेको २४ घण्टामा थप २ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, हाल नेपालमा ३० हजार ३ सय ३ कोरोना संक्रमित उपचाररत हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६७७ जनामा कोरोना पुष्टि भएको छ, भने २ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।






