मोरङबाट गाँजासहित एक वृद्ध पक्राउ

   २२ भाद्र २०७८, मंगलवार १४:५८  

२२ भदौँ, रौतहट । मोरङबाट ७ किलो गाँजासहित एक वृद्धलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको बेलबारी नगरपालिका ८ बलुहीका ७४ वर्षीय भविलाल सहनीलाई उक्त गाँजासहित हिरासतमा लिएको विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।

घरबाटै गाँजाको कारोबार गरेको भन्दैँ विशेष सूचनाका आधरमा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले सहनीलाई पक्राउ गरेको हो।
राईका अनुसार वृद्ध सहनीको घरबाट ७ किलो ४ सय ४५ ग्राम गाँजा बरामद भएको छ ।

पक्राउ परेको सहनीमाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।