चरेससहित विमानस्थलबाट दुई जना पक्राउ

   २२ भाद्र २०७८, मंगलवार १४:०९  

२२ भदौँ, रौतहट । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

कतारका दोहा जान लागेका म्यादीको मंगला गाउँपालिका ३ घर भएका ३६ वर्षीय श्याम प्रसाद र ३५ वर्षीय वीर बहादुर रोका (मगर)लाई चरेससहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान कतार एअरको उडानमार्फत दोहा जान लागेका उनीहरुलाई चेक जाँच गर्ने क्रममा सुटकेसभित्र लुकाई छिपाई राखेको अवस्थामा ४ किलो ३५ ग्राम चरेस फेला परेको विमानस्थलमा खटिएको प्रहरीले जानकारी दिए ।

पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।