बाँकेमा थप दुई संक्रमित महिलाको मृत्यु

   २२ भाद्र २०७८, मंगलवार १२:११  

२२ भदौँ, रौतहट । बाँकेमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेस्थित नेपालगञ्जको भेरी अस्पतालमा सल्याङका एक जना र दाङका एक जना गरी दुई संक्रमितको उपचारकै क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेलबहादुर वलीले जानकारी दिए ।

सल्याङको दार्मा गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया महिलाको सोमबार गएराति करिब १ः३० बजेतिर मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि, गत असार १७ गते उपचारको लागि उनी अस्पतालमा भर्ना भएकी थिइन् ।

यस्तै, दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर १ की ५८ वर्षीया महिलाको पनि संक्रमणकै कारण ज्यान गएको हो । स्वास्थ्यमा समस्या भएपछि, यही भदौँ ४ गते पीसीआर परीक्षण गराउँदा उनमा संक्रमण देखिएको थियो । कोरोना पुष्टि भएसंगै उपचारको लागि भर्ना भएकी ती महिलाको आज बिहान मृत्यु भएको छ ।