भन्सार छलेर ल्याएको सामान बर्दियाबाट बरामद
२२ भदौँ, रौतहट । भारतबाट अवैध रुपमा ल्याएको सामान प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याएको अवैध सामान बर्दियाबाट बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको हो ।
प्रहरी चौकी महम्मदपुर बर्दियाबाट खटिएको टोलीले गुलरिया नगरपालिका वडा नम्बर ११ बाट बेवारिसे अवस्थामा बरामद गरेको लत्ताकपडाको मूल्य करिब १५ हजार रुपैयाँ बराबर रहेको बर्दियाका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।
आवश्यक कारवाहीको लागि बरामद भएको कपडा राजापुर भन्सार कार्यालय गुलरियामा बुझाईएको शाहीले जनाए ।






