नेपालमा थपिए १ हजार ८९७ संक्रमित, २० जनाको मृत्यु
२१ भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ९७ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ११ हजार ६ सय ९ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ हजार ४ सय ८८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, ४ हजार ३ सय ७० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ९ जनामा एन्टिजेन संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, बितेको २४ घण्टामा थप १ हजार ७ सय ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ ।






