पहिरोमा पुरिँदा दुई जनाको मृत्यु

   २१ भाद्र २०७८, सोमबार १४:२८  

२१ भदौँ, रौतहट । पहिरोमा परी घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका १० धवाङको बाम्लामा आइतबार गएराति आएको पहिरोमा प्रर्णबहादुर थापाको घर पुरिएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । निरन्तर भइरहेको वर्षाका कारण उक्त स्थानमा एकटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

पहिरोका कारण दुई घरमा सामान्य क्षति पुगेको रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीले जानकारी दिए । यस्तै, पहिरोमा परी दुई जना सामान्य घाइते भएका छन् ।