फरार प्रतिवादी पक्राउ

   २१ भाद्र २०७८, सोमबार १३:४०  

२१ भदौँ, रौतहट । बैंकिङ कसुर मुद्दामा फरार भएका प्रतिवादी पक्राउ परेका छन ।

उच्च अदालत पाटनको २०७८ असार २८ गते ७ दिन कैद र १३ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएपनि फरार भएको काठमाडौँ महनगरपालिका १६ माछापोखरीका ५६ वर्षीय शिवराज गजुरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गजुरेललाई आफ्नो खातामा पर्याप्त मौज्दात नभएको थाहाँ भएपनि झुक्याएर हाम्रो विकास बैंकको चेक आ-आफ्नो खाताबाट भुक्तान हुने गरि पीडितहरुलाई दिएका थिए ।

ब्यूरोले गजुरेललाई बालाजु शेषमतीपुल काठमाडौँबाट पक्राउ गरेको हो ।