चितवनबाट एक चिनियाँ नागरिक पक्राउ
२१ भदौँ, रौतहट । चितवनबाट एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भिसा अवधि सकिएपनि लुकिछिपी बसेको अवस्थामा ५१ वर्षीय चिनियाँ नागरिक हुआङ शिक्वानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सन् २०२० अप्रिल १७ मा नै भिसा अवधि सकेपनि नेपाली महिलासंग प्रेमसम्बन्ध भएकाले लुकिछिपी नेपालमै बस्दै गरेको अवस्थामा उनलाई आइतबार राति पक्राउ गरेको प्रहरीले जानकारी दिए ।
भिसा मिति सकेपनि यही बसेको भएर सौराह क्षेत्रबाट चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको चितवन प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।
पक्राउ परेका निजलाई पर्यटक प्रहरी इकाइ भृकुटीमण्डपमार्फत् अध्यागमन विभाग बुझाएको प्रहरीले जनाएको छ ।






