गोरु काट्ने तीन जना पक्राउ
२१ भदौँ, रौतहट । गोरु काटेर भागबण्डा लगाउँदै गरेको अवस्थामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्याङ्जाको भिरकोट नगरपालिका ८ ढापुकाफेदीबाट ३ जनालाई गोरु काटेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले ढापुकफेदीका नैन सिंह गुरुङ, खेम गुरुङ र हुम प्रसाद गुरुङलाई हिरसतमा लिएको हो ।
जिल्ला प्रहरी स्याङ्जाका अनुसार तीनै जनालाई आइतबार गएराति १ बजेतिर पक्राउ गरिएको हो । पशुपन्छी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरि उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






