आइतबार थप १ हजार ८९ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु

   २० भाद्र २०७८, आईतवार १७:०१  

२० भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार विगत २४ घण्टामा ५ हजार १ सय ७० जनाको पीसीआर परीक्षण गर्दा जम्मा ९ सय ७६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, २ हजार ८ सय १ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १३ जनामा एन्टिजेन संक्रमण पुष्टि भएको छ ।

आज थपिएको संक्रमितसंगै हालसम्म देशभर कोरोनाबाट संक्रमितहुनेहरुको कुल संख्या ७ लाख ६९ हजार २ सय ७१ पुगेको ।

यस्तै, बितेको २४ घण्टामा १ हजार ५ सय ३४ जना कोरोनामुक्त भएका छन् । योसंगै हालसम्म नेपालमा संक्रमणमुक्त हुनेहरुको कुल संख्या ७ लाख २७ हजार १ सय ८५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेहरुको कुल संख्या १० हजार ८ सय ३८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ३१ हजार २ सुय ४८ संक्रमित उपचाररत हुन् ।