नक्कली प्रहरी निरीक्षक बनेर धम्की दिने व्यक्ति बाँकेबाट पक्राउ

   २० भाद्र २०७८, आईतवार १५:५८  

२० भदौँ, रौतहट । नक्कली प्रहरी निरीक्षक बनेर डर त्रास फैलाएको आरोपमा बाँकेबाट एक जना पक्राउ परेका छन् ।

आफू नेपाल प्रहरीको सिआईबी निरीक्षक हो भन्दैँ जिल्लाको कोहलपुर क्षेत्रमा सर्वसाधारणमा त्रास देखाई धम्की दिइएको अभियोगमा सल्यान दार्माकोट गाउँपालिका वडा नमबर २ बस्ने ३२ वर्षीय दीपेन्द्र रोकायलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कोहलपुरको बसपार्क क्षेत्रमा रहेको होटल र पसलमा निजले आफू प्रहरी निरीक्षक हूँ, भन्दैँ धाक धम्की दिरहेको अवस्थामा शनिबार राति उनलाई हिरासतमा लिएको बाँकेको प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

पक्राउ परेको रोकामाथि यसबारे थप अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।