मोदीको पुत्ला दहनप्रति गृह मन्त्रालयको चेतावनी
२० भदौँ, रौतहट । छिमेकी राष्ट्रका प्रधानमन्त्री नरेन्द्र मोदीको पुल्ता दहनप्रति गृह मन्त्रालयले गम्भीर आपत्ति जनाएको छ ।
आज काठमाडौँमा नारावाजी र जुलुस प्रदर्शन गर्दै भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएको घटनाप्रति गृह मन्त्रालयले घोर आपति जनाएको छ ।
मोदीको पुल्ला दहन गर्ने गतिविधिमा गम्भीर ध्यानकर्षण भएको भन्दैँ निकालेको विज्ञप्तिमा ‘यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ’ नेपाली भूमिमा सबै मित्रराष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अझ ग्रगाढ बनाउन चाहने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
छिमेकी मुलुकहरु विरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र यस्ता गतिविधिमा संलग्न भई कानुन हातमा लिनेलाई कारबाही गर्ने समते मन्त्रालयले विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।







