सुनचाँदीको मूल्य बृद्धि
journey fortech
२० भाद्र २०७८, आईतवार ११:५३
२० भदौँ, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्य ह्वातै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ९ सय रुपेयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार प्रतितोलामा ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज तेजावी सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेर ९१ हजार पुगेको छ ।
त्यसैगरी, चाँदीको भाउ आज प्रतितोलामा १ हजार २ सय ३० रुपैयाँ तोकिएको छ । यसअघि शुक्रबार चाँदीको कारोबार तोलामा १ हजार १ सय ९५ रुपैयाँमा भएको थियो ।






