गाँजासहित चितवनबाट चार जना पक्राउ

   १९ भाद्र २०७८, शनिबार ११:२४  

१९ भदौँ, रौतहट । चितवनबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । ५१ किलो गाँजासहित चारै जनालाई प्रहरीले हिरासतमा लिएको हो ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी गस्ती टोलीले ना७ख ५०११ नम्बरको रात्रि बसलाई रोकी चेक जाँच गर्दा रत्ननगर नगरपालिका १५ बस्ने २७ वर्षीय सोनाम वाइबा, कालिका नगरपालिका ८ निवासी २५ वर्षीय विमल तामाङ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका ८ का २० वर्षीष राजकुमार तामाङ र चितवन राप्ती नगरपालिका १ बस्ने २० वर्षीय मिनराज घलानलाई उक्त गाँजासहित पक्राउ परका प्रहरीले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका चारै जनामध्ये वाइबा र तामाङद्धय रात्रि बसमा काठमाडौँबाट चितवन गइरहेका थिए । भने घलान ना२ह ५८८० नम्बरको अटो चालक हुन् । उनको अटोबाट प्रहरीले ३५ किलो गाँजा बरामद गरेको थियो ।

पक्राउ परेका उनीहरुमाथि यसबारे थप अनुसन्धान सुरु भएको चितवन प्रहरीले जनाएको छ ।