दाङमा एक संक्रमित महिलाको मृत्यु

   १९ भाद्र २०७८, शनिबार ११:०२  

१९ भदौँ, रौतहट । कोरोना संक्रमणबाट दाङमा एक महिलाको मृत्यु भएको छ । उपचाररत लमही नगरपालिका ८ बस्ने २४ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा आज मृत्यु भएको हो ।

संक्रमण पुष्टि भएसंगै उपचारको लागि अस्पताल भर्ना भएकी महिलाको स्वास्थ्य अवस्थामा सुधार नआएपछि, यही भदौँ १० गतेदेखि उनी अस्पतालको आइसीयूमा उपचाररत थिइन् । उपचारकै क्रममा शनिबार बिहान करिब ४ः३० बजेतिर ती संक्रमित महिलाको मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण बहादुर वलीले जानकारी दिए ।

वलीका अनुसार मृतकमा निमोनिया, श्वासप्रश्वास र कोरोना संक्रमण भएको थियो ।