सर्लाहीबाट गाँजासहित दम्पती पक्राउ
१८ भदौँ, रौतहट । सर्लाहीबाट गाँजासहित दम्पती पक्राउ परेका छन् । जिल्लाको लालबन्दी नगरपालिका १३ पत्थरकोटबाट २ किलो गाँजासहित बिहीबार साँझ उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले सवारी चेक जाँच गर्ने क्रममा ना.२ ह ५९२८ नम्बरको अटोलाई रोकी चेक गर्दा सिन्धुली हरीहरगडि गाउँपालिका ७ निवासी ५८ वर्षीय सुरचमान तामाङ र उनकै पत्नी ५६ वर्षीया सुनमाया तामाङको साथबाट उक्त लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाए ।
हिरासतमा लिएको दुवै जनामाथि यसबारे आवश्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






