विमानस्थलबाट अवैध सुनसहित दुई जना पक्राउ

   १८ भाद्र २०७८, शुक्रबार १४:१४  

१८ भदौँ, रौतहट । अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डोल्पाको ठुलो भेरी नगरपालिका ७ घर भएका ३३ वर्षीय विष्णु बहादुर शाही र स्याङ्जाको पुतली बजार बस्ने ३८ वर्षीय भुपेन्द्र पौडेल रहेका हुन् ।

फ्लाई दुबईको विमानबाट आएका शाहीलाई विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले जाँच गर्ने क्रममा लगेजभित्र इमर्जेन्सी लाइटमा लुकाई ल्याएको उक्त धातुसहित बिहीबार उनलाई नियनत्रणमा लिएको प्रहरीले बताए । प्रहरीका अनुसार निजको साथबाट करिब ७७० ग्राम सुन बरामद भएको हो ।

यस्तै, विमानस्थलमा सुन लिन आएको आरोपमा भुपेन्द्र पौडेललाई हिरासतमा लिएको प्रहरीले जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि यसबारे थप अनुसन्धान भइरहेको छ ।