प्रहरी मुख्यालयमा कार्यरत थप २३ जनालाई कोरोना संक्रमण पुष्टि

   १३ श्रावण २०७७, मंगलवार १६:४१  

साउन १३, रौतहट । नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले २३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत छन् ।

संक्रमितहरुलाई  सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको प्रवक्ता शाहीले बताए ।