यार्सागुम्बासहित ४ जना पक्राउ
१८ भदौँ, रौतहट । काठमाडौँबाट यार्सागुम्बासहित ४ जनालाई प्रहरीले हिरासतमा लिएको छ ।
अवैध रुपमा यार्सागुम्बाको कारोबार गरेको आरोपमा लमजुङका ५० वर्षीय बेलबहादुर थापा, ४० वर्षीय कृष्ण परियार, प्युठानका ४७ वर्षीय दानबहादुर जिसी र गोरखाका ४८ वर्षीय डुण्डुप गुरूङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाए ।
यार्सागुम्बाको कारोबार भइरहेको विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बिहीबार नै चारै जनालाई काठमाडौं महानगरपालिका सामाखुसीबाट पक्राउ गरिएको थियो । पक्राउ परेका उनीहरुको साथबाट १ किलो ८५० ग्राम यार्सागुम्बा बरामद भएको प्रहरीले जानकारी दिए ।
थप अनुसन्धानका लागि यार्सागुम्बासहित पक्राउ परेका चारै जनालाई वन डिभिजन कार्यालयमा बुझाईएको छ । उनीहरुको साथबाट बरामद गरिएको यार्सागुम्बाको मूल्य ८ लाख बराबर रहेको समेत प्रहरीले जनाएको छ ।






