नेपालमा थप २,०५२ जनामा कोरोना पुष्टि, ३,०३० जना संक्रमणमुक्त
१६ भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेको २४ घण्टामा १४ हजार ९ सय ३५ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २ हजार ५२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
यस्तै, बितेको २४ घण्टामा थप ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै, कोरोना भाइरस (कोभिड १९)का संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ ।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या १० हजार ७ सय ७० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।






