सप्तरीमा करेन्ट लागेर ९ वर्षीय बालकको मृत्यु

   १६ भाद्र २०७८, बुधबार १३:५२  

१६ भदौँ, रौतहट । सप्तरीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका १० रंजितपुरका पवन यादव गोठमा करेन्ट लाग्दाँ उनकै ९ वर्षीय छोरा अर्जुज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । लत्रेको नाङो तारबाट करेन्ट प्रवाह भई बालकको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता तथा डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

गोठमा खेल्न गएको बेला करेन्ट लागेर गम्भीर घाइते भएको अर्जुनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको काफ्लेले बताए । पोष्टमार्टमको लागि मृतक बालकको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।