खैरो हेरोइनसहित मकवानपुरबाट तीन जना पक्राउ
१६ भदौँ, रौतहट । मकवानपुरबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले हिरासतमा लिएको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका ५ बाट खैरो हेरोइन किनबेच गरिरहेको अवस्थामा सोही नगरपालिका बस्ने ३२ वर्षीय एन्जल मास्के र उनकै घरबाट सरोज डंगोल, सुशिलकुमार लामालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यायल मकवानपुरका अनुसार एन्जलको घरमा सरोज डंगोल र सुशीलकुमार लामा खैरो हेरोइन किन्न गएको सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट २५० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाए । पक्राउ परेका तीनै जनामाथि यसबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।






