थप १,६६४ जनामा कोरोना पुष्टि, १,७८६ संक्रमणमुक्त

   १५ भाद्र २०७८, मंगलवार १७:२७  

१५ भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ९ हजार १ सय १७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय २३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो, भने ३ हजार १ सय ५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ४१ जनामा संक्रमण देखिएको छ । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ६ सय ४७ पुगेको छ ।

यस्तै, बितेको २४ घण्टामा थप १ हजार ७ सय ८६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यससहित हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ७ लाख १६ हजार ३ सय ६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाए ।

यसैबीच, कोरोना भाइरस (कोभिड १९)का संक्रमणको कारण पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ, भने संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १० हजार ७ सय ५० पुगेको छ ।

हाल नेपालमा ३५ हजार ५ सय ९१ कोरोना संक्रमित उपचाररत रहेका हुन् ।