एमसीसी खारेजीको मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र
१६ भदौँ, रौतहट । एमसीसी खारेजको माग गर्दै एमसीसी खारेज अभियानले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ज्ञापनपत्र बुझाएको छ ।
अमेरिकी मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) खारेजको मागसहित मंगलबार एमसीसी खारेज अभियानका संयोजक निर्घ नविनसहितको टोलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएको स्रोतले जानकारी दिए ।
स्रोतका अनुसार नेपालमा एमसीसीले नवउदारवादी आर्थिक नीतिको थप प्रवद्र्धन गरेपनि यो देखावटी रुपमा विकास निमार्णको लागि अनुदान जस्तो देखिएपनि विशुद्ध राजनीतिक, सामरिक र फौजी प्रस्ताव रहेको दाबीसहितको ज्ञापनपत्र बुझाएको छ ।








