बलात्कार गरेको आरोपमा दुईजना पक्राउ
१५ भदौँ, रौतहट । बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाका सिद्धिचरण नगरपालिका ११ बस्ने २९ वर्षीय यौवन ताम्राकार र उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर २ लेखगाउँ बस्ने ३२ वर्षीय राकेश राई रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ताम्राकारलाई २२ वर्षीया महिलालाई करणी गरेको अभियोग नियन्त्रणमा लिएको हो, भने राईलाई १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप पक्राउ गरिएको छ ।
हिरासतमा रहेका दुवै जनामाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






