सुनचाँदीको मूल्यमा गिरावट

   १५ भाद्र २०७८, मंगलवार १२:३७  

१५ भदौँ, रौतहट । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ घटेर आज प्रतितोलामा ९१ हजार २ सय रुपैयाँ कायम भएको हो ।

यस्तै, तेजावी सुनको भाउ आज प्रतितोलामा ९० हजार ७ सय रुपैयाँ तोकिएको छ । महासंघका अनुसार हिजो तेजावी सुनको कारोबार तोलामा ९१ हजार १ सय रुपैयाँमा भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेर प्रतितोलामा १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी महासंघका अनुसार हिजो चाँदीको कारोबार तोलामा १ हजार २ सय १० रुपैयाँमा भएको थियो ।