घरमा आगलागी हुँदा दम्पतीको मृत्यु
१५ भदौँ, रौतहट । ग्यास लिक भएर घरमा आगलागी हुँदा दम्पतीको घटनास्थमै मृत्यु भएको छ ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ९ सेग्लेमा बस्ने ५६ वर्षीय धर्मराज भण्डारी र उनकी पत्नी ४५ वर्षीया पशुपति भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार गएराति ग्यास लिक भएर घरमा आगलागी भएको थाहा पाएपछि, स्थानीयहरुले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि धन्सार पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जानकारी दिए ।
प्रहरीका अनुसार घरमा छोराछोरी कोही नभएको स्थानीयको भनाइ छ ।






