करेन्ट लागेर सप्तरीमा एक महिलाको मृत्यु

   १४ भाद्र २०७८, सोमबार १३:४६  

१४ भदौँ, रौतहट । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ पकरी बस्ने ५३ वर्षीया महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।

आज बिहान कल चलाउने क्रममा मोटरमा जोडिएको विद्युतको तारमा खुट्टा पर्दा उनलाई करेन्ट लागेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते भएकी अमिरका देवी सदालाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको काफ्लेले जनाए ।

पोष्टमार्टमको लागी मृतकको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।