घरमाथि पहिरो खस्दा एक जनाको मृत्यु, दुई बेपत्ता

   १४ भाद्र २०७८, सोमबार ११:३०  

१४ भदौँ, रौतहट । घरमाथि पहिरो खस्दाँ श्रीमानको मृत्यु भएको छ, भने श्रीमती वेपत्ता भएकी छन् ।

दुहुँ गाउँपालिका वडा नम्बर १ बस्पाली बस्ने नरसिंह महराको पहिरोमा ज्यान गएको छ, भने उनका श्रीमती कौशीदेवि महरा बेपत्ता भएकी छन् ।

घरमा दम्पती भएकै बेला गएराति घरमाथि पहिरो खस्दाँ श्रीमान बेपत्ता भएको र नरसिंह महरा भने मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सो गाउँपालिका वडा नम्बर ५ दुल्ला बस्ने मनुवा डडाल बेपत्ता भएका छन्, भने उनका श्रीमती उजली डडाल र छिमेकी जनक राम पार्की गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।