आलमको मुद्दामा आज सर्वाेच्चमा सुनुवाई हुदैँ
१३ भदौँ, रौतहट । रौतहटको इँट्टा भट्टामा जिउँदै मान्छेलाई जलाएर मारेको आरोपमा पक्राउ परेका मोहम्मद अफताव आलमले थुनामुक्त हुनका लागि दिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमनत्री समेत रहेका आलमको मुद्दामा आइतबार न्यायाधीश प्रकाशमान सिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
२०७६ असोज २६ गते पक्राउ परेका आलमको मुद्दामा सुनुवाई गर्दे २०७६ कार्तिक २९ गते जिल्ला अदालत र उच्च अदालतले आलमलाई थुनामा राख्न आदेश दिएको थियो । अदालतको आदेशविरुद्ध अफताव आलमले सर्वाेच्च अदालतमा थुनामुक्त हुनका लागि दिएको निवेदनमाथि आइतबार सुनवाई हुदैँछ ।
अघिल्लो साता राउत र कुमार रेग्मीको इजलासमा सो मुद्दा पेसीमा राखिएको थियो । तर, विपक्षीको कानुनी व्यवसायीबाट स्थगितका माग बमोजिम उक्त सुनुवाई हुन सकेको थिएन ।






