सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु

   १३ भाद्र २०७८, आईतवार १५:००  

१३ भदौँ, रौतहट । सर्लाहीमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रनगर गाउँपालिका वडा नम्बर ६ बस्ने ५० वर्षीय नागेश्वर मण्डलको मृत्यु भएको सर्लाहीको प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

आइतबार विहान करिब १० बजे कल चलाउन जाँदा त्यसमा लागेको मोटरको तार सर्ट भइ करेन्ट प्रवाह हुँदा उनी गम्भीर घाइते भएका थिए ।
घाइते मण्डललाई उपचारको लागि जिल्ला अस्पतालमा ल्याएपनि उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बुढाथोकीले बताए । मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।