जनकपुरधाममा सडक मर्मतको माग गर्दै, स्थानीले गरे प्रदर्शन
१३ भदौँ, रौतहट । जनकपुरधाम–युदकोहा सडकखण्ड अन्तर्गत सडक मर्मत नगर्दा आवतजावतमा समस्या भएको भन्दैँ स्थानीयहरुले प्रदर्शन गरेका छन् ।
वर्षौंदेखि जीर्ण सडक मर्मत नभएको कारण वर्षाको बेला आवतजावतमा समस्या भएको भन्दै स्थानीयले टायर बालेर जनकपुरधाम १ स्थित पुलचोकमा आज बिहानदेखि प्रदर्शन गरेका हुन् ।
सडकमा भएका खाल्डोहरुको मर्मत गर्न पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराएपनि कुनै किसिमको चासो नलिएका कारण बाध्य भएर सडक अवरुद्ध गरेको स्थानीयले बताए ।
मनसुन सक्रिय भएसंगै निरन्तर भइरहेको अविरल वर्षाका कारण खाल्डोमा पानी जमेर पोखरी जस्तै बनेको भन्दैँ आवतजावतमा समस्या भएका कारण स्थानीयले टायर बालेर र बाँस तेस्र्याएर सडक अवरुद्ध गरेका छन् ।






