भारतमा थपिए ४५ हजारभन्दा बढी संक्रमित

   १३ भाद्र २०७८, आईतवार ११:२४  

१३ भदौँ, रौतहट । भारतमा पछिल्लो २४ घण्टामा थप ४५ हजार ८३ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

यस्तै, बितेको २४ घण्टामा थप हजार ८ सय ४० जना संक्रमणमुक्त भएका हुन् ।

यो अवधिमा कोरोना संक्रमणका कारण भारतमा थप ४ सय ६० जनाको मृत्यु भएको छ । हाल भारतमा उपचाररत कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५ सय ५८ रहेको छ ।

यो अधिमा थपिएका संक्रमितमध्ये ३१ हजार २ सय ६५ जना संक्रमित केरलामा पहिचान भएका हुन् । दोस्रो लहरमा संक्रमण नियन्त्रण गर्न सफल केरलामा हाल भने संक्रमण दर बढ्दै गएको छ । एजेन्सी