सिमकोट हवाई मार्ग हुँदै जिल्ला बाहिरिनेलाई परिचय पत्र अनिवार्य
११ भदौँ, रौतहट । हवाई मार्गहुँदै जिल्ला बाहिरिनेलाई परिचय पत्र अनिवार्य गरेको छ ।
यसअघि परिचयपत्र नहुँदा पनि हवाई मार्गबाट जिल्लाबाहिर जान सकेपनि अब सिमकोट विमानस्थलले हवाई मार्गहुँदै जिल्लाबाहिर जाने यात्रुलाई विवरण खुल्ने परिचय पत्र अनिवार्य गरेको विमानस्थलका प्रमुख मोहन गिरीले जानकारी दिए ।
हवाई मार्गहुँदै जिल्ला बाहिरिँदा आफ्नो परिचय खुल्ने प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने प्रवधान गरिएको छ ।






