भारतमा ७ वटा ट्रकमा आगजनी, ५ चालकको जलेर मृत्यु

   ११ भाद्र २०७८, शुक्रबार १४:५२  

११ भदौँ, रौतहट । भारतको असम राज्यको दिमा हसाओ जिल्लास्थित दियुंगबरानजिक ७ वटा ट्रकमा आगजनी भएको छ ।

अज्ञात समूहका व्यक्तिले ७ वटा ट्रकमा आगजनी गरेको भारतीय समाचार माध्यमले जनाए । ७ वटा ट्रकमा गरिएको आगजनीमध्ये ५ वटा ट्रकका चालकको जलेर मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार आगजनी गर्नु भन्दाँ पहिले धेरैपटक हवाई फायरिङ गरिएको थियो ।