सर्वाेच्चमा भएन आलमको मुद्दामा सुनुवाइ

   ११ भाद्र २०७८, शुक्रबार १३:३१  

११ भदौँ, रौतहट । रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा आज पनि सर्वोच्च अदालत सुनुवाइ हुन सकेन ।

शुक्रबार मुद्दामा सुनुवाई हुन लागे पनि विपक्षीको कानुन व्यवसायीबाट स्थतिगका माग भए बमोजिम उक्त मुद्दाको सुनुवाई हुन सकेन् ।
आलमको मुद्दामा सुनुवाइका लागि सर्वोच्च अदालतले न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आज पेसी तोकेको थियो ।

२०७६ असोज २६ गते पक्राउ परेका आलमको मुद्दामा जिल्ला अदालत र उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालत र उच्च अदालतले दिएको आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

आलमले दिएको निवेदनमाथि सुनवाइका लागि आज पेसी तोकिएपनि मुद्दामा सुनुवाई हुन सकेन ।