भरुवा बन्दुुकसहित एक जना पक्राउ

   ११ भाद्र २०७८, शुक्रबार ११:०१  

११ भदौँ, रौतहट । भरुवा बन्दुकसहित कैलालीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ६ नारासोतीका ५० वर्षीय गंगाराम जैसीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको टोलीले उनलाई स्थानीय जंगलमा हिँडिरहेको अवस्थामा बन्दुकसहित हिरासतमा लिएको जिल्ला प्रहरी कार्यायल केलालीले जनाएको छ ।

पक्राउ परेका निजविरुद्ध हातहतियार सम्बन्धी मुद्दा दर्ता गरेर यसबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।