कञ्चनपुरबाट खैरोहिरोइनसहित दुईजना पक्राउ
१० भदौँ, रौतहट । लागुऔषधसहित कञ्चनपुरमा दुई जना पक्राउ परेका छन् ।
भीमदत्त नगरपालिका ३ बस्ने २८ वर्षीय प्रकाश औजी र कृष्णपुर नगरपालिका ५ बस्ने ३३ वर्षीय सुरेन्द्रराज भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले जानकारी दिए ।
जिल्लाको भीमदत्त नगरपालिका ६ बसपार्क नजिकै विद्युत कार्यालय अगाडिबाट आज उनीहरुलाई ५.०८ ग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिएको न्यौपानेले बताए ।
हिरासतमा रहेको दुवै जनामाथि लागूऔषधबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।






