हत्या आरोपमा दुई जना पक्राउ

   १० भाद्र २०७८, बिहीबार १३:१३  

१० भदौँ, रौतहट । हत्या आरोपमा खोटाङबाट दुई जना पक्राउ परेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ काँडे बस्ने ३३ वर्षीय गिरिराज थापाको हत्या गरेको अभियोगमा सोही स्थान बस्ने मृतककै भाइ २२ वर्षीय नारायण थापा र १३ वर्षीय किशोर पक्राउ परेको प्रहरीले जनाएको छ । बुधबार राति नै गिरिराजको हत्या गरेको आरोपमा आज बिहान दुवै जनालाई हिरासतमा लिएको हो ।

बुधबार दिउँसो घरबाट निस्केको गिरिराज गएरातिसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरबाट करिब दुई सय मिटर टाढा बारीमा उनको शव मृत अवस्थामा फेला परेको थियो । निजको घाँटी डोरीले कसी हत्या भएको आशंका देखिएको प्रहरीले बताए ।

पक्राउ परेका दुवै जनामाथि यसबारे थप अनुसन्धान भइरहेको पहरीले जनाएको छ ।