भिम प्रसाद आचार्यका भाई मृत फेला

   १० भाद्र २०७८, बिहीबार १२:०५  

१० भदौँ, रौतहट । प्रदेश १ का मुख्यमन्त्री बन्न लागेका भिम प्रसाद आचार्यका भाई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

भिम प्रसाद आचार्यका भाई राम प्रसाद आचार्यको शव उनकै कोठामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुत्ने कोठाको ढोकाको चुकुल लगाएर सुतिरहेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाए । प्रहरीका अनुसार हाल यसबारे केहि भन्न सकिदैँन् । घटनाबारे आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घरमा उनी पत्नीको साथमा बस्ने गरेका थिए ।