१० किलो चरेससहित एक भारतीय पक्राउ

   १० भाद्र २०७८, बिहीबार ११:४०  

१० भदौँ, रौतहट । नवलपरासीबाट १० किलो चेरससहित आज बिहानै एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागूऔषधसहित पक्राउ पर्नेमा भारत उत्तरप्रदेश महाराजगंज जिल्ला भगतपुरवाका ३७ वर्षीय राजेश राजेश यादव रहेको प्रहरीले जनाएको छ ।
नवलपरासीको पंचपेडा प्रहरी चौकीको ड्यूटी टोलीले प्रतापपुर गाउँपालिका वडा नं ४ बर्दघाटे पुलस्थित बिहीबार बिहान करिब ५ बजेतिर नै पैदल हिडिरहेको यादवलाई शंकास्पद अवस्थामा रोकी चेकजाँच गर्ने क्रममा उक्त चेरस फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता राजु लामाले बताए ।

लामाका अनुसार निजले बोकेको कालो झोला चेक गर्दा पेपरमा बेरी टेपले बाधेर इटा जस्तो देखिने २६ वटा लुकाएर राखेको अवस्थामा चेरस बरामद गरिएको हो ।

पक्राउ परेका उनलाई हाल इलाका प्रहरी कार्यालय बेलाटारीमा राखेर जिल्ला अदालत नवलपरासी पश्चिमबाट म्याद थप गरी लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।