अवैध रकमसहित तीन जना पक्राउ
९ भदौँ, रौतहट । स्रोत नखुलेको ८५ लाख ५६ हजार नगदसहित तीन जनालाई प्रहरीले हिरासतमा लिएको छ ।
अवैध रकमसहित पक्राउ पर्नेमा बाराको सिमरा उपमहानगरपालिका २ घर भई हाल काठमाडौँको चण्डोल बस्दैँ आएको ३२ वर्षीय लक्ष्मण पौडेल, काठमाडौँ २४ फसिकेवस्थित होलीडे ट्रेडिङ प्रालिबाट रिन्कु भन्ने अभिशेष अग्रवाल र मधुसुदन खड्का रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार दिउँसो नै पक्राउ परेको पौडेलसंग सो रकमबारे सोधपुछ गर्दा उक्त रकम रिन्कुलाई दिएको भनि खुलेकाले उनलाई पनि हिरासतमा लिएको हो ।
अग्रवालले सञ्चालन गरेको होलीडे ट्रेडिङ प्रालिमा खानतलासी गर्दा प्रहरीले ५४ लाख ५६ हजार रुपैयाँ फेला पारेसंगै रकमबारे सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि कामदार मधुसुदन खड्कासहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनामाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






