मनसुन थप सक्रिय हुने
journey fortech
९ भाद्र २०७८, बुधबार १३:५०
९ भदौँ, रौतहट । केहीदिन यता फेरी मनसुन सक्रिय भएको छ ।
नेपालको पूर्वी तराईको भू-भाग क्षेत्रमा बुधबार देखि मनसुन थप सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाए ।
विगत एक-दुई दिन अगाडि मात्रै सक्रिय भएको मनसुन आजदेखि थप सक्रिय भई अगामी शनिबारसम्म मध्यम देखि भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज रातिदेखि उक्त न्यून चापीय रेखा अझ तराई भूभाग नजिक आउने र केही दिनसम्म सोही क्षेत्रमा मनसुन सक्रिय रहने भएको छ ।






