सर्लाहीबाट पेस्तोलसहित दुईजना पक्राउ
९ भदौँ, रौतहट । सर्लाहीबाट दुई जना हतियारसहित पक्राउ परेका छन् ।
जिल्लाको बरहथवा नगरपालिका ६ स्थित प्रहरी बिट नजिकबाट मंगलबार साँझ बागमती नगरपालिका वडा नम्बर ८ निवासी २८ वर्षीय अरुण लामा र सोही उमेरका अगबर अन्सारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाए ।
सवारी चेक जाँच गर्ने क्रममा नयाँ रोडबाट बरहथवातर्फ जादैँ गरेको बिआर३० जे३०८० नम्बरको मोटरसाइकललाई रोकी चेक गर्दा मोटरसाइकलमा झुण्डयाएको हरियो रंगको कपडाको झोलामा पेस्तोल र त्यसमा प्रयोग हुने ३ राउण्ड गोली समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






